उकालो लाग्दै सुनचाँदीको मूल्य

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ५०० रुपैयाँ कायम भएकोमा आज ८ सयले बढेर १ लाख ३०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ कायम भएको छ । शुक्रबार भन्दा तेजावी सुनको मूल्य ९९ हजार रुपैयाँ थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १३ सय ६५ रुपैयाँ कायम भएकोमा शुक्रबार चाँदीको मूल्य १३ सय ५५ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स