तोलामा ५ सयले बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ ।

बुधबार, छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज ५ सयले बढेर ९९ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ३५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १३ सय ४५ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स