पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य बढाएको छ । निगमले मंगलबार मध्यरातमा इन्धनको मूल्य वृद्धि गरेको जानकारी दिएको हो ।

नयाँ मूल्य सूचीअनुसार पेट्रोल डिजल, मट्टितेल र हवाइ इन्धनको मूल्य मूल्य ५/५ रुपैयाँले बढाइएको छ ।

अब पेट्रोल १६० रुपैयाँ र डिजल तथा मट्टितेल प्रतिलिटर १४३ रुपैयाँ कायम भएको छ । निगमले हवाइ इन्धनको भाउ पनि बढाएको छ भने ४ महिनापछि खाना पकाउने ग्यासको पनि मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले बढेर १६ सय रुपैयाँ पुगेको छ ।

नयाँ मूल्य मंगलबार राती १२ बजेदेखि लागु भइसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स