सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ ।

सोमबार, छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज १ सयले बढेर ९८ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १३ सय ४० कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स