निजी पम्पले २० गतेदेखि इन्धन बिक्री बन्द गर्ने

काठमाडौं । पेट्रोलियम व्यवसायीले २० गतेदेखि देशभर सञ्चालित पेट्रोलपम्पहरू बन्द गर्ने बताएका छन् ।

नेपाल आयल निगमले कमिशन रोकेको भन्दै आन्दोलित बनेका व्यवसायीहरूले शुक्रबार पेट्रोलियम पदार्थको ढुवानी रोकेका छन् ।

निगमले आफ्नो घाटा कम गर्न पेट्रोलियम पदार्थको भाउ बढेअनुसार तत्काललाई बिक्रेता कमिसन नबढाउने निर्णय गरेपछि व्यवसायीले पेट्रोलियम पदार्थको लोड/अनलोड ठप्प पारेको हो।

कमिसन कटौतीको विरोधमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्याँस उद्योग संघले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन् ।

सरकारले तत्काल आफूहरूको माग पूरा नगरे भोलिदेखि बिक्री नै बन्द गर्ने नेपाल पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए।

आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालस्थित निगमको डिपोबाट डिलरले खरिद गर्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार निगमको डिपोबाट ढुवानी रोकेका व्यवसायीहरूले शनिबार रातको १२ बजेदेखि देशभर सञ्चालित पेट्रोलपम्पहरू बन्द गर्ने चेतावनी दिएका छन् ।

शनिबारसम्म निगमले माग सम्बोधनमा चासो नदेखाए रातिदेखि नै पम्पहरू बन्द हुने व्यवसायीहरूले बताउँदै आएका छन् ।

सरकारले गत वर्षदेखि पेट्रोल र डिजेल बिक्री गर्ने पम्पले प्रतिशतका आधारमा कमिसन पाउने व्यवस्था गरेको थियो। पेट्रोल, डिजेलको मूल्य बढ्दा व्यवसायीको कमिसन पनि बढ्थ्यो, मूल्य घट्दा कमिसन पनि घट्थ्यो।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स