‘वार्षिक १५ अर्ब विज्ञापन व्यवसायलाई नियमन गर्न आवश्यक’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले वार्षिक १५ अर्ब रुपैयाँको व्यवसाय रहेको विज्ञापन व्यवसायलाई नियमन गर्नुपर्ने बताएका छन् ।

विज्ञापन बोर्ड, बबरमहल, काठमाडौंद्वारा बिहिबार आयोजित विज्ञापन आचारसंहिता एवं विज्ञापन राष्ट्रिय नीतिसम्बन्धी प्रदेश नं १ स्तरीय अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै सचिव अर्यालले झण्डै १५ अर्ब रुपैयाँको व्यवसाय रहेको विज्ञापनलाई व्यवस्थित एवं नियमन गर्न विज्ञापन बोर्डको स्थापना भएको जानकारी गराए । ‘विज्ञापनमा पर्याप्त बजेट रहेकाले यसले रोजगारी सिर्जना गर्न सक्छ,’ उनले भने ।

कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापनको राष्ट्रिय नीति, विज्ञापनको प्रस्तावित आचारसंहिता र लोककल्याणकारी विज्ञापनको तर्जुमा, प्रकाशन तथा प्रसारण, भुक्तानी प्रक्रिया, समस्या र समाधानका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अहिलेसम्ममा विज्ञापन एजेन्सी १९६, छापा माध्यम ८८७, रेडियो ४३८, टेलिभिजन ६० सूचीकृत गरी अनलाइनलाई सूचीकरण गर्ने तयारीमा रहेको धारणा राखे ।

बोर्डका सदस्य चेतन अधिकारी र बलराम थापाले बोर्ड गठन भएदेखि नै यसले आफ्ना काम तीव्र गतिमा बढाएको धारणा राख्दै विज्ञापन राष्ट्रिय नीतिले विज्ञापन व्यवसायलाई फस्टाउन, नियमन गर्न र रोजगारी सिर्जना गर्न मद्दत गर्ने बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स