मंगलम सिपिभिसि प्लस पाइपलाई नेपाल गुणस्तर चिन्ह

काठमाडौं । नेपालको पहिलो सी.पी.भी.सी पाइप उत्पादक र अग्रणी निर्यातकर्ता मंगलम इण्डस्ट्रिज बाट उत्पादित सीपीभीसी प्लस पाइपले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ ।

यसका एस्डिआर ११ (१५ र ५० मिमि) र एस्डिआर १३.५ (२० र ५० मिमि) लाई नेपाल गुणस्तर चिन्ह ५७० प्रदान गरिएको हो ।

बजारमा लामो समयदेखि गुणस्तरीय उत्पादन दिइरहेको मंगलमको PVC / HDPE पाइपले भने पहिले देखि नै नेपाल गुणस्तर मान्यता पाइसकेका छन् ।

गुणस्तर तथा नापतौल बिभागले विभिन्न नेपाली उत्पादनहरुलाई गुणस्तरको मानकको रुपमा यो चिन्ह प्रदान गर्दै आएको छ । नेपाल गुणस्तर चिन्ह अन्तरराष्ट्रिय मान्यता प्राप्त छ र यो चिन्ह पाएका उत्पादनहरु गुणस्तरीय र नेपाली बजारमा बिक्रि योग्य मानिन्छन् ।

नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले निर्माण कार्यमा आवश्यक पाइप्स र फिटिङ्सहरु नेपालमै उत्पादन गर्दै आइरहेको छ । मंगलम्को हरेक उत्पादनहरु उच्च गुणस्तरीय जापानीज कच्चा पदार्थबाट अत्याधुनिक प्रविधिको प्रयोग गरी बनाइन्छन् ।

मंगलम्को यी उत्पादनहरु प्लम्बिङ पेशामा लागेका अनुभवी पेशाकर्मीहरुको साथै घर–धनीहरु र निर्माण व्यवसायीहरुको पहिलो र विश्वसनीय रोजाइ हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स