काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएकोमा आज ६ सयले बढेर १ लाख ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर १४ सय रूपैयाँ कायम भएको छ ।