काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ११ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ कायम भएकोमा आज ११ सयले बढेर १ लाख ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १३ सय ७५ रूपैयाँ कायम भएको छ ।