काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।
बिहीबार, छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १३ सय ८५ रूपैयाँ कायम भएको छ ।