काठमाडौं । बुधबार छापावाल सुनको मूल्य १२ सय रूपैयाँले घटेको छ ।
मंगलबार, छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भएकोमा आज १२ सयले घटेर ९९ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १३ सय ७० रूपैयाँ कायम भएको छ ।