छोटो अवधिमा शौर्य सिमेन्ट एक लोकप्रिय ब्राण्डमा स्थापित हुँदै

काठमाडौं । शौर्य सिमेन्ट आफ्नो व्यवसायिक उत्पादनको छोटो अवधिमा ९१० महिना०मा मासिक १० लाखको ब्रिक्रि लक्ष्य हासिल गर्न सफल भएको छ ।

व्यवसायिक उत्पादनको पहिलो महिना २०७८ जेठदेखि नै यस कम्पनीको उत्पादन प्रति ग्राहक वर्गको विश्वास जित्न सफल भई हालको निर्माण क्षेत्रको जटिल परिस्थितिमा पनि यस कम्पनीको यात्रा अत्यान्तै सरहनिय रहेको छ ।

यस कम्पनिले हाल बजारमा शौर्य ओ पि सि -५३ ग्रेड, शौर्य ओ पि सि-४३ ग्रेड,पि एस सि ‍सिमेन्ट उपलब्ध गराएको छ र निकट भविष्यमा पि पि सि र लो अल्काली सिमेन्ट उत्पादन गर्ने योजना रहेको छ ।

हरेक पाइलामा चुनौतीलाई अवसरमा परिणत गर्दै आफ्नो लक्ष्य तर्फ अघि बढ्दै उदयपुरको सुन जस्तो चुनढुङ्गाबाट उत्पादित यस सिमेन्ट विशाल परियोजना तथा आम नेपाली माझ लोकप्रिय र गुणस्तरीय ब्राण्ड बन्न सफल भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स