यशोदा फुड्सले चाउचाउ र चिजबल्स सार्वजनिक

काठमाडौं । यशोदा फुड्सले नयाँ चाउचाउ र चिजबल्स सार्वजनिक गर्ने गरेकोे छ । पिरो चाउचाउका रुपमा नेपाली बजारमा चिनिएको उक्त चाउचाउ तथा चिजबल्स आज एक कार्यक्रमकाबीच सार्वजनिक भएको हो ।

उद्योगले सुपर प्रिमियम चाउचाउ अन्तर्गत करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स, करेन्ट इन्स्ट्यान्ट नुडल्स (फेमिली प्याक) र करेन्ट चिज चिकेन पिज्जा नाम र स्वादको चाउचाउ सार्वजनिक गरेको हो ।

नेपालमै पहिलो पटक करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स फेमिलि प्याकमा उपलब्ध छ । यसको प्रति गोटाको मुल्य १२० रुपैयाँ र तौल १२० ग्राम रहेको समेत उद्योगले जनाएको छ ।

फेमिली प्याकमा २० रुपैयाँ पर्ने करेन्ट इन्स्ट्यान्ट नुडल्स र पिज्जाको स्वादमा करेन्ट चिज चिकेन पिज्जा समेत सार्वजनिक भएको हो । चिजको स्वादमा ५० रुपैयाँको चिजबल्स समेत सार्वजनिक गरेको छ । यी उत्पादनले विदेशबाट हुने चाउचाउ आयातलाई विस्थापित गर्ने कम्पनीले दाबी गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स