नेपाल बोटल वाटर उद्योग संघका अध्यक्षमा गौतम

काठमाडौं । पानी व्यवयासीको छाता संगठन नेपाल बोटल वाटर उद्योग संघको अध्यक्षमा धु्रवबहादुर गौतम निर्वाचित भएका छन्

संघको हालै सम्पन्न छैटौं अधिवेशनमा उनका अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा विक्रम लिम्बू चेम्जोङ, उपाध्यक्षमा किशोर थापा, सुदीप श्रेष्ठ, लिला भण्डारी र विशाल श्रेष्ठ, महासचिवमा गोकुल थापा निर्वाचित भएका छन् ।

यस्तै कोषाध्यक्षमा कमलप्रसाद अधिकारी, सहकोषाध्यक्षमा मेरिना कायस्थ विजयी भएको हो । सातै प्रदेशका सचिव र सदस्य भने पछि छनोट गरिने अध्यक्ष गौतमले जानकारी दिए । हाल देशभर संघमा ५८६ उद्योग आबद्ध छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स