फेरि बढ्यो सुन र चाँदीको मूल्य, कति पुग्यो तोलामा ?

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।

शुक्रबार, छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज २ सयले बढेर १ लाख २ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १४ सय २५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स