कुखुराको मासुको मूल्य पुनः वृद्वि, कति पुग्यो प्रति केजी ?

काठमाडौं । जिउँदो ब्रोइलर कुखुराको मासुको मूल्य शुक्रबारदेखि पुनः बढेको छ ।

नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघकाअनुसार आजबाट जिउँदो ब्रोइलर कुखराको प्रतिकिलो कोल्ड स्टोर मूल्य ३ सय रुपैयाँ पुगेको हो ।

जसअनुसार काठमाडौं उपत्यकामा तयारी ब्रोइलर कुखुराको मासुको मूल्य ४२० रुपैयाँसम्म पुगेको छ ।

ब्रोइलर कुखुरा उत्पादकहरुले एक सातामै दोस्रो पटक कुखुराको मासुको मूल्य बढाएका हुन् ।

गत सोमबार जिउँदो ब्रोइलर कुखराको मूल्य किलोमा १० रुपैयाँले बढेर प्रतिकिलो २९० रुपैयाँ पुगेको थियो।

संघका अनुसार रुस र युक्रेनको युद्धका कारण कुखुराको दाना उत्पादन गर्ने कच्चा पदार्थ आयात रोकिएको र प्राप्त भएको कच्चा पदार्थ पनि निकै महँगो भएका कारण कुख्राको मासुको मूल्य बढेको बताएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स