आयल निगमको एमडीमा थानी नियुक्त

काठमाडौं । सरकारले इन्जिनियर उमेशप्रसाद थानीलाई नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्ले थानीलाई निगमको एमडीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पुस २५ गतेदेखि माघ १६ गतेसम्म निगमको एमडीका लागि इच्छुक र योग्यता पुगेका व्यक्तिसँग आवेदन माग गरिएको थियो । फागुन १२ गतेबाट आयल निगम एमडी छनोट समितिले आवेदकको अन्तरर्वाता शुरु गरेको हो ।

को हुन् थानी ?

थानी राजनीतिक रुपमा कांग्रेसमा आस्था राख्ने व्यक्ति ईन्जिनियर हुन् । उनी काँग्रेस इन्जिनियरहरूको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)का अध्यक्ष हुन् । साथै उनी काँग्रेसीहरूको समर्थनमा नेपाल इन्जिनियर एशोसियन अफ नेपालका महासचिव पनि भइसकेका छन् ।

पुल्चोक क्यामपसबाट इन्जिनियरिङ गरेका थानी नेविसंघको तर्फबाट विद्याथी नेता (सभापती) पनि भइसकेका व्यक्ति छन् । साथै राजनीतिक नियुक्तबाट उनी विद्युत प्राधिकरण र सडक बोर्डमा सञ्चालक सदस्य पनि बनेका छन् ।

थानी बन्दै, नेपाल आयल निगमको कार्यकारी निर्देशक

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ३ जनाको नाम सिफारिस, आजै बस्ने मन्त्रीपरिषदको बैठकले नियुक्त गर्ने

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स