नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ३ जनाको नाम सिफारिस, आजै बस्ने मन्त्रीपरिषदको बैठकले  नियुक्त गर्ने

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ३ जनाको नाम सिफारिस गरेको छ । निगम एमडी छनोट समितिले हिजो बुधबार बेलुका तीन जनाको नाम सिफारिस गरेको हो । इन्जिनियर उमेशप्रसाद थानी, डा.चण्डिकाप्रसाद भट्ट र जीवनप्रकाश सिटौलाको नाम सिफारिस गरेको हो ।

पार्टीमा सहयोग गरेका प्रधानमन्त्रीका पहिलो रोजाइमा परेका इन्जिनियर उमेशप्रसाद थानीको योग्यता माथि प्रश्न चिन्ह खडा भएको छ । निगम एमडी पदका लागि ४ वर्ष नेपाल इन्जिनियरिङ परिषद्म बसेर काम गरेको अनुभव पेश गरेपनि १ वर्ष भने निजी कलेजमा काम गरेको कार्य अनुभव पेश गरेका छन् । सो कारण थानीको योग्यता माथि प्रश्न उठेको हो ।

समानान्तर निर्माण सेवाका अध्यक्ष अच्युतप्रसाद खरेलको सिफारिसमा प्रधानमन्त्री पत्नी आरजुले थानीलाई एमडी बनाउन लागेकी हुन् । निर्माण व्यवसायी खरेल आरजुका निकट व्यक्ति हुन् । थानीलाई निगमको एमडीमा नियुक्त गर्नका लागि आवश्यक चाजोपाँजो मिलाउने काम खरेलले लिएका हुन् । तर, पछि थानीको योग्यतामाथि प्रश्न उठेपछि खरेल पनि हच्किएका छन् । कतै थानीलाई नियम विपरीत एमडीमा नियुक्त गर्दा भोलि मुद्दा मामिला खेप्नु पर्ने त होइन भन्ने चिन्ता सरकारमा छ ।

नेपालको ‘क’ वर्गको निर्माण कम्पनीका अध्यक्ष खरेल र इन्जिनियरहरुको राजनीतिमा सक्रिय थानी मिल्ने साथी हुन् । इन्जिनियर थानीका सहकर्मीहरु भौतिक पूर्वाधार, सहरी विकासलगायत विकासे मन्त्रालयका उच्च पदमा आसिन छन् ।
एमडीका दोस्रो बलियो दावेदार डा.चण्डिकाप्रसाद भट्ट विशेष आर्थिक क्षेत्र (सेज) मा उल्लेखनीय प्रगति हासिल गर्न नसकेका वहालबाला कार्यकारी निर्देशक हुन् ।

५ वर्ष सेजको नेतृत्व गर्दा आर्थिक तथा कार्यगत प्रगति हासिल गर्न नसकेका चण्डीका खबौंको कारोबार गर्ने आयल निगमको नेतृत्व भने गर्ने चहाना भने उनको सदा रहँदै आएको छ । ‘पावर’ सँग खेल्न जानेका भट्टले विदेशी कम्पनीका एजेन्ट दिपक भट्टलाई रिझाएर उनकै सिफारिसमा एमडी बन्ने रेसमा दौडिएका छन् । दिपक भट्टका दाजु शुशील भट्ट अहिले लागनी बोर्डमा प्रमुख कार्यकारी अधिकृतमा छन् ।

भट्ट दाजुभाइको सबैजसो राजनीतिक दलका नेतृत्वसँग पहुँच छ । उनीहरू ओली निकट मानिन्छन् भने ‘विप्लप’ सँग पनि उत्तिकै नजिकको सम्बन्ध छ । कांग्रेस सभापति शेरबहादुर देउवाको समर्थनमा सुशील भट्ट यसअघि नेपाल व्यवस्थापन संघको अध्यक्ष भएका थिए । ओली सरकारले उनलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्योे । ओली सरकारले नै सेज दोस्रो पटक भट्टलाई सुम्पिएको हो । तर, यसमा देउवा सरकारले पनि आँखा चिम्लेर उनलाई स्वीकार गरेको छ ।

अहिले उनै देउवा प्रधानमन्त्री छन् र उनले नै नियुक्त गर्ने निगम एमडीमा आफू निटक अर्थात आफ्नो पदचाप मिल्ने अर्थात आफूलाई जहिले पनि सहयोग गर्ने व्यक्तिका रुपमा चिनिन्छन् । उता थानी र भट्ट दुबैलाई पाखा लगाउन सके भतिज कृष्णप्रसाद सिटौलाको विशेष निगाहमा एमडी बन्ने तिव्र इच्छाका साथ जीवनप्रकाश सिटौलाले लागि परेका छन् । यस अघि ओली सरकारले उनलाई सम्पत्ति शुद्धीकरण विभाग सुम्पिएको थियो ।

उनी अहिले अवकास प्राप्त निजामति कर्मचारी हुन् । झापाली भएका कारण उनलाई ओली सरकारले उद्योग विभागबाट अत्यधिक कमाइ हुने विभाग सम्पक्ति शुद्धीकरणमा महानिर्देशक बनाएर पठाएको थियो । भर्खरै पितृ शोक बारेर आएका सिटौला जसरी पनि खबौंको कारोबार हुने निगममा एमडी बन्न जोडतोडका साथ लागि परेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स