एकैदिन २५ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य २५ सयले बढेको छ ।

मंगलबार, छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएकोमा आज २५ सयले बढेर १ लाख ५ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय १० रुपैयाँ कायम भएकोमा आज ४० रूपैयाँले बढेर १४ सय ५० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स