काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।
सोमबार, छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २५ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १४ सय १० रूपैयाँ कायम भएको छ ।