अर्थमन्त्रीका कारण उद्योग धरासायी

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माका कारण उद्योग धरासायी भएको सांसदहरुले आरोप लगाएका छन् । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण हित समितिका सदस्यहरुले अर्थमन्त्रीको निर्णयले उद्योगहरु नै धरासायी भएको बताएका हुन् ।

सांसदहरुले सोमबारको बैठकमा अर्थमन्त्रीले सीमित उद्योगीलाई खुसी पार्ने नीति ल्याउँदा देशका धेरै उद्योगहरु समस्यामा परेको धारणा राखेका हुन् ।

उनीहरुले सरकारले औषधिमा कर लगाएर स्पञ्ज आइरनमा छुट दिएको प्रशंग जोड्दै अर्थमन्त्रीको यो निर्णयले देशको अर्थतन्त्रमै समस्या आएको बताए ।

अर्थमन्त्रीले प्रतिस्थान विधेयकमार्फत ल्याएको बजेटमा मुलुकभित्रै स्टिल बिलेट उत्पादनलाई प्रोत्साहन गर्ने भन्दै कच्चा पदार्थ (स्पञ्ज आइरन) आयातमा भन्सार दर तथा अन्त शुल्क शून्य गर्ने व्यवस्था गरेका थिए ।

सो व्यवस्था लागु गरेर सरकारले सीमित व्यवसायीलाई मात्र उकास्ने काम गरेको भन्दै सांसदहरुले सरकारी निकायबाटै उपभोक्तामाथि आर्थिक भार थप्ने काम भएको बताएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स