नेविकोको ४ नयाँ उत्पादन बजारमा

काठमाडौं । नेविकोले ४ वटा नयाँ उत्पादन सार्वजनिक गरेको छ । नेविकोले बिस्कुट, कुकिज, चिउरा र स्न्याक्स सार्वजनिक गरेको हो । बिस्कुटमा डी–५० डाइजेस्टिभ, कुकिजमा नाइस मिल्स कुकिज, खाद्यान्नमा कुरुम कुरुम चिउरा र स्न्याक्समा साल्टेड पिनट्सगरी थप ४ वटा ब्राण्ड बजारमा ल्याएको हो ।

नेविकोले आफ्ना उत्पादनहरुलाई आकर्षक देखाउन र उपभोक्तासम्म सुरक्षीत पुर्याउन प्याकेजिङमा विशेष ध्यान दिँदै आइको छ । उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर कम्पनीले उत्पादनहरु विकास र विस्तारसँगै थप गुणस्तरमा प्रतिवद्धा दिँदै आइरहेको छ ।

डी–५० डाइजेस्टिभ बिस्कुट १५० ग्रामको र उपभोक्ता बिक्री मूल्य ५० रुपैयाँ तोकिएको छ । डी–५० डाइजेस्टिभ बिस्कुट उपभोक्ताको पाचन प्रणालीमा सहजिकरण गर्ने र स्वास्थ एवं तागत प्रदान गर्ने गुणस्तरयूक्त बिस्कुट हो । यस्तैगरी नाइस मिल्क कुकिज दुधको स्वादमा रहेको पौष्टिकयुक्त कुकिज १८० ग्रामको आकर्षक प्यकेटमा उपलब्ध छ । यसको बिक्री मूल्य ५० रुपैयाँ तोकिएको छ ।

कुरुम कुरुम चिउरा हरेक नेपालीको भान्सामा जोडिने प्रोडक्ट हो जुन गुणस्तरयुक्त र स्वास्थयवर्दक छ । ८०० ग्रामको तौलमा उपलब्ध कुरुम कुरुम चिउराको मूल्य ९५ रुपैयाँ तोकिएको छ । यस्तैगरी साल्टेड पिनट्स पनि आकर्षक प्याकेजिङमा युवा तथा युवतीहरुलाई लक्षित गरी बजारमा ल्याइएको कम्पनीले जानकारी दिएको छ । ३५ ग्रामको पकेटमा उपलब्ध साल्टेड पिनट्सको मूल्य २० रुपैयाँ तोकिएको छ ।

करिब ६ दशक लामो अनुभव संगालेको नेपालको पहिलो बिस्कुट तथा कन्फेक्सनरी उत्पादन नेविको अझै लोकप्रिय बन्दै अघि बढ्ने कम्पनीले उद्घोष गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स