काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ९ सय रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम भएकोमा आज ९ सय रूपैयाँले बढेर ९९ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।