रुस-युक्रेन युद्धको प्रभावः नेपालीको भान्छा अझै महँगिदै

काठमाडौं । यूरोपियन मुलुक रुस र युक्रेन युद्धबाट नेपाली भान्छा महँगिने भएको छ । रुस र युक्रेनबीच युद्ध सुरुभएसँगै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ र प्राकृति ग्याँसको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । पेट्रोलिय पदार्थ र प्राकृति ग्याँसको मूल्य वृद्धि हुँदा नेपालीको भान्छा महँगिने भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुँदा नेपालमा पनि मूल्य वृद्धि हुन्छ ।

रुस र यूक्रेन युद्धका कारण कच्चा तेलको मूल्य करिब अमेरिकी डलर ९५ देखि १०५ प्रति व्यारेलसम्म पुगिसकेको छ ।
नेपालले पेट्रोलियम प्रदार्थ गरिद गर्ने इन्डियन आयल कर्पोरेशन ९आईओसी० बाट फेरी पेट्रोलियम पदार्थको मूल्य बढेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ । नेपाल आयल निगमका अनुसार मंगलबार आईओसीबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको हो ।

भारतबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ बढेर आएको छ । यस्तै, हवाई इन्धन प्रतिलिटर ३.३२ रुपैयाँ र एलपीजी ग्याँस प्रतिलिसिन्डर ९९.१७ रुपैयाँ बढेको निगम स्रोतले जनकारी दिएको छ ।

यसअघि खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १५ सय ७५ रुपैयाँ रहेको छ । निगमले आईओसीबाट प्राप्त नयाँ मूल्य अनुसार बढाएर ग्यासको मूल्य हालसम्मकै उच्च रहेर १६ सय ७५ रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स