हामी सिमेन्ट निर्यात गर्न तम तयार छौंः सिमेन्ट उत्पादक संघ

काठमाडौं । सिमेन्ट उत्पादन गर्ने उद्यमीहरूले आफूहरू सिमेन्ट निर्यात गर्न तम तयार भएको बताएका छन् । सिमेन्ट उद्यमीहरूको छाता संस्था नेपाल सिमेन्ट उत्पादक संघले आज आयोजना गरेको ‘गाइडलाइन’ सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा नेपालमा स्थापना भएका उद्योगबाट उत्पादित ६० प्रतिशत सिमेन्ट निर्यात गर्न सकिने बताएका हुन् ।

हाल नेपालमा ३ खर्ब लगानी भएको छ । यी उद्योगबाट बार्षिक साढे २ करोड मेट्रिक टन सिमेन्ट उत्पादन हुने र हाल नेपाल १ करोड मेट्रिक टनमात्र खपत भएको संघका अध्यक्ष धु्रव थापाले बताए । ‘हाम्रो देशमा स्थापना भएका सिमेन्ट उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन गरे ६० प्रतिशत सिमेन्ट निर्यात गर्न सकिन्छ,’ उनले भने ‘हाल हाम्रा उद्योग ४० प्रतिशत क्षमतमात्र सञ्चालित छन् ।’

यसका साथै सो देशमै पनि यसको खपत बढाउन ढलान भएको सडक निर्माण गर्न सकिने उनले बताए । नेपालमा ठूलोमात्रामा बिटुमनि आयात हुँदै आएको र यो अर्थतन्त्रको लागि महत्वपूर्ण विषय भएको पनि उनले बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । ‘सिमेन्ट खपत बढाउन विभिन्न निकायसँग टाइअफ हुनुपर्छ,’ उनले भने ‘स्थानीय तहसँग सहकार्य गरेर अघि बढ्नु पर्छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स