फेरि सुनको मूल्यमा भारी वृद्वि, कतिले बढ्यो ?

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य १ हजार ६ सय रूपैयाँले बढेको छ ।

आइतबार, छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज १६ सय रूपैयाँले बढेर ९८ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रुपैयाँ कायम भएकोमा आज ४५ रूपैयाँले बढेर १३ सय ४० कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स