१४ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । आइतबार सुनको मूल्य १४ सय रुपैयाँले घटेको छ । आज सून प्रति तोला ९६ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रबार सुन प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको मूल्य प्रति तोला ९६ हजार १०० रुपैयाँ छ ।

सुनसँगै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी ४० रुपैयाँ प्रति तोलाले घटेको छ । आइतबार चाँदी १२ सय ९५ रुपैयाँ प्रति तोला कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य १३ सय ३५ रुपैयाँ थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स