आयल निगमको एमडी छनोटमा हलो अड्काउने खेल शुरु, थानीलाई पन्छ्याउन लागेका भट्टको पछाडि को ?

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको कार्यकारी निर्देशक (एमडी) का लागि आवेदन दिएका १६ जना सबैको व्यवसायिक कार्ययोजना प्रस्तुत भइरहेको छ । आज फागुन ११ गते उक्त परीक्षाको अन्तिम दिन हो ।

आजबाट पूर्व निर्धारित सूचना अनुसार आयल निगममा एमडीका लागि आवेदन दिएका आवेदकले व्यवसायिक प्रस्तुतीकरण सक्ने छन् । यसको लगत्तै भोलि फागुन १२ गतेबाट आयल निगम एमडी छनोट समितिले आवेदकको अन्तरर्वाता शुरु गर्ने कार्यतालिका बनाएको छ ।

हाम्रोअर्थले ‘थानीको योग्यतामाथि प्रश्न’ भनेर समाचार प्रकाशित गरेपछि पछिल्लो समय प्रधानमन्त्री पत्नी आरजु देउजाको प्रसादीमा एमडी बन्न लागेका उमेशप्रसाद थानीको सम्भावना टर्दै गएको छ । थानीलाई यो पटक आयल निगमको एमडी बनाउने बालुवाटार ‘हेडक्वारटर’ को फैसलापछि पछि हटेका निर्वमान निगम एमडी सुरेन्द्र पौडेल पनि आवेदन नदिएकोमा पछुताउँदै परीक्षा भाड्ने योजनामा जुटेका छन् । उनले यसअघि नै अर्थात आफू एमडी हुँदा नै बालुवाटारमा मोटो रकम बुझाइसकेको पनि बुझिएको छ ।

आयल निगम एमडीमा थानीलाई सर्वोच्चदेखि अख्तियारसम्म धकेलेका चण्डीका भट्टलाई लडाउन पौडेल अहिले भइरहेको आयल निगम एमडी परीक्षा नै भाड्ने अर्थात रद्द बनाउने खेलो फड्कोमा लागेका छन् ।

बालुवाटार हेडक्वाटरमा थानीलाई आयल निगमको एमडी बनाउने मुख्य पात्र समानान्तर निर्माण सेवाका सञ्चालक अच्युत खरेलको विशेष आग्रहमा आयल निगममा एमडीका लागि यो पटक आवेदन नदिने निर्णयमा पुगेका पौडेल, थानी बाहिरिने सम्भावना बढेपछि अहिले भइरहेको परीक्षा रद्द गर्ने , नयाँ आवेदन खुलाउने, आफू पनि आवेदन दिने र एमडी पद हत्याउने योजनामा छन् । उनले थानी कै लागि भनेर आयल निगम एमडीमा दोस्रो पटक आवेदन नदिएका हुन् ।

उता थानी र भट्ट दुबैलाई पाखा लगाउन सके भतिज कृष्णप्रसाद सिटौलाको विशेष निगाहमा एमडी बन्ने तिव्र इच्छाका साथ जीवनप्रकास सिटौलाले भोलिदेखि हुने अन्तरर्वाता पछि सार्न निवेदन दिइसकेका छन् । एमसीसीको माहोल सकिएपछि आफू नै आयल निगमको एमडी बन्ने माहोल सिटौला तयार पार्दैछन् ।

यसैबीच एमडी आवेदकहरूमध्ये बलियो उमेशप्रसाद थानी, चण्डीका भट्टपछि बलियो दावेदार मानिएका जीवन प्रकाश सिटौलाले बुबा बिरामी भएकोले १५ दिन अन्तरर्वाता सारिपाउँ भनि आवेदन दिएका छन् । आवेदकमध्ये सिटौला अन्तरवार्तामा उपस्थित हुन नसक्ने भएपछि यसैपनि आयल निगमले एमडी पाउन ढिला हुने भएको छ ।

प्राडा लक्ष्मण पौडेल र आनन्दप्रसाद चन्द भने मोटो रकम बुझाउन नसक्ने भएसँगै एमडीको सूचीबाट बाहिरी सकेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स