सेजमा कमाइ नदेखेका चण्डीका, आयल निगम ताक्दै

काठमाडौं । विशेष आर्थिक क्षेत्र (सेज) मा उल्लेखनीय प्रगति हासिल गर्न नसकेका वहालबाला कार्यकारी निर्देशक डा.चण्डीकाप्रसाद भट्ट आयल निगमको नेतृत्व हत्याउने योजनामा अघि बढेका छन् । ५ वर्ष सेजको नेतृत्व गर्दा आर्थिक तथा कार्यगत प्रगति हासिल गर्न नसकेका चण्डीका खबौंको कारोबार गर्ने आयल निगमको नेतृत्व भने गर्ने चहाना भने उनको सदा रहँदै आएको छ ।

सरकारले विश्वास गरेर सुम्पिएको जिम्मेवारी पनि राम्रोसँग प्रगति गर्न नसकेका भट्ट विगतमा आयल निगममा हुँदा चाखेको आर्थिक लाभ लिन पुन एमडीका लागि आवेदन दिएको उनकै कार्यालयका अधिकारीहरू बताउँछन् ।

आयल निगममा गोपाल खड्का एमडी भएर आउनु अघि भट्ट आयल निगमका प्रमुखका रुपमा काम कार्यरत थिए। उनलाई आयल निगममा कसरी आर्थिक लाभ लिन सकिन्छ भन्ने राम्रो ज्ञान छ । सेजमा आर्थिक चलखेल गर्न नसकिने देखेर आफ्नो कार्यकाल बाँकी रहँदै नयाँ संस्थाको नेतृत्व हत्याउने दाउमा उनी देखिन्छन् ।

उनी पदको एकदमै भोका तथा अवसर लिन जान्ने व्यक्ति भएका उनीसँग नजिक रहेर काम गरेका अधिकारीहरू बताउँछन् । वाणिज्य तथा आपूर्ती मन्त्रालयमा उपसचिव पदमै रहँदा राजनीतिक लाभबाट प्राप्त हुने अवसर सकभर छुटाउन चहाँदैन । उनी पछिल्लो एक दशकको अवधमिा ३ पटक राजनीतिक लाभबाट प्राप्त हुने पदमा बसी सकेका छन् । मन्त्रालयमा बसेर काम गर्ने उनको इरादा नै होइन ।

खासमा उनी यसरी अवसर लिएर लाभ दिने पदमा लालाहित भएर काम गर्ने गरेको पाइन्छ । उनले ५ वर्ष हाकिसकेको सेज सञ्चालनमा कुनै प्रभावकारिता देखिएको छैन् । सञ्चालनमा आएको भैरहवाको सेज समेत लथालिंग र भताभूंग पारमा चलेको छ । अन्य क्षेत्रमा सेज निर्माण कार्यले नै त्यति प्रगति हासिस गर्न सकेको छैन ।

सरकारले यदि भट्टले गरेको कार्य मूल्यांकन गर्ने हो भने उनी यसअघि नै अयोग्य ठहरिसकेका छन् । किनकी विशेष तामझामका साथ विदेशमा नेपाली वस्तु निर्यात गर्ने उद्यमीको साझा प्लेटफर्मको रुपमा स्थापना गरिएको सेजमा अहिले राज्यको अर्बौ रुपैयाँ खर्च भएपनि यसबाट केहि लाभ हासिल हुन सकेको छैन ।

उनी आयाल निगमको नेतृत्वमा आउनु अघि पनि सेजका प्रमुख कार्यकारीका रुपमा काम गरिसकेका छन् । सेजमा पनि उनको यो दोस्रो कार्यकाल हो । सेज जस्तै राजनीतिक नेतृत्वलाई आफू अनुकूल बनाएर उनी पुन आयाल निगमको नेतृत्व कायम गर्न चहान्छन् ।

नेपाल आयल निगम एमडीको लागि अस्ति फागनु ८ गतेदेखि ११ गतेसम्म व्यवसायीक कार्ययोजना लिने काम शुरु भएको छ । फागुन १२ गतेबाट एमडीका लागि १६ गतेसम्म अन्तरर्वाताको मिति तय भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स