काठमाडौं । ग्रीन लाइनका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् ।
दुई करोडको चेक बाउन्स भएपछि बैंकिङ कसुरको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले व्यवसायी टंक शमशेर जबरालाई डेढ करोड र सञ्जय अधिकारीलाई ५० लाख रुपैयाँको चेक दिएका थिए ।
चेक बाउन्स भएपछि उनीहरुले दिएको उजुरीका आधारमा अग्रवाललाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।