घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।

आइतबार, छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ४ सयले घटेर ९६ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय ५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १३ सय कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स