अब नयाँ कोका-कोला नो क्यालोरी र जेरो सुगरको स्वादमा

काठमाडौं । कोका-कोला नेपालले अझ स्वादिष्ट र स्फुर्तीदायक स्वादमा नयाँ कोका-कोला जेरो सुगर बजारमा ल्याएको छ । आइकोनिक क्लासिक कोकको जस्तै स्वाद भएको यो नयाँ कोका-कोला जेरो सुगर आकर्षक र नयाँ बोल्ड प्याकेजिङमा उपलब्ध छ । अब नेपाली उपभोक्ताहरुले नो क्यालोरी र जेरो सुगर कोका-कोलाको स्वाद लिन सक्नेछन् ।

व्यापक बजार परिक्षण र इन-हाउस इनोभेसन मार्फत बजारमा ल्याइएको कोका-कोला जेरो सुगर अझै शानदार प्याकेजिङ र उत्कृष्ट स्वादको साथमा आएको छ । नो सुगर पेय पदार्थ रुचाउने तर क्यालोरी नियन्त्रण गर्न चाहने मानिसहरुका लागि यो कोका-कोला जेरो सुगर अत्यन्तै उपयुक्त रहेको छ ।

सन् २००५ मा विश्वव्यापी रुपमा लन्च गरिएको यो कोका-कोला जेरो सुगरलाई कोका–कोला क्लासिकको जस्तै स्वाद दिनको लागि सन् २०१७ मा रिफर्मुलेट गरिएको थियो । नेपालमा यो २०१६ नोभेम्बरमा पहिलोपल्ट लन्च भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स