बढ्ने क्रममा सुन र चाँदीको मूल्य

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ ।

बिहीबार, छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रुपैयाँ कायम भएकोमा आज ४ सयले बढेर ९६ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १३ सय ५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स