आयल निगम एमडीका लागि सरकारको रोजाइमा परेका थानीको योग्यता मै प्रश्न

काठमाडौं । नेपाल आयल निगममा रिक्त रहेको कार्यकारी निर्देशक (एमडी) पद्का लागि बलिया दावेदार मानिएका इन्जिनियर उमेशप्रसाद थानीको योग्यतामा प्रश्न चिन्ह खडा भएको छ । प्रधानमन्त्री पत्नि आरजु देउवाको ठाडो आदेशमा सरकारी स्वामित्वको सार्वजनिक संस्थान ‘आयल निगम’ को एमडीमा नियुक्त हुन लागेका थानीको व्यवस्थापकीय योग्यतामा प्रश्न उठेको हो ।

आयल निगमको एमडी हुनको लागि कुनै पनि संस्था वा निकायमा व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा ५ वर्ष कार्य अनुभवको योग्यता तोकिएको छ ।

सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ मा कुनै पनि सार्वजनिक संस्थानमा कार्यकारी प्रमुख भई काम गर्ने पद्का लागि सम्बन्धित सार्वजनिक निकायको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जियिरिङ वा कानुनीमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तिर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा ५ वर्ष कार्यअनुभाव भएको हुनुपर्ने योग्यता तोकेको छ ।
ईन्जिनियर थानीले सो पदका लागि ४ वर्ष नेपाल ईन्जिनियरिङ परिषद्मा बसेर काम गरेको अनुभव पेश गरेपनि १ वर्ष भने निजी कलेजमा काम गरेको कार्य अनुभव पेश गरेका छन् ।

निजी संस्थामा काम गरेको कार्य अनुभवलाई निगम कार्यकारी निर्देशकको योग्यतालाई मान्यता दिन मिल्दैन,’ वाणिज्य मन्त्रालय स्रोतले भन्यो ‘निगम एमडीको लागि थानीको योग्यता नपुग्ने कुरा बाहिर आइसकेकोछ ।’ निजी संस्थामा जो पनि प्रमुख बन्न सक्ने र कागत पनि बनाउन मिल्ने भएकाले थानीले पेश गरेको डकुमेन्टमा मन्त्रालय प्रश्न चिन्ह आएको हो । यसका साथै थानी एक ईन्जिनियर हुन्, नेपाल आयल निगम जस्तो सधै चर्चा र विवादमा आइरहने संस्थान प्रमुखको व्यवस्थापकीय दायित्वमा बसेर काम गर्न गाह्रो हुने अर्थात निगम अझ भद्रगोल अवस्थामा पुग्ने समेत मन्त्रालयले आँकालन गर्न थालेको छ ।

आफ्नो योग्यता नेपाल इन्जिनियरिङ परिषद्को रजिष्ट्रार पद्मा बसेर ४ वर्ष काम गरेको कार्य अनुभव छ भने एक वर्ष निजी कलेजमा कलेज प्रमुख भएर काम गरेको बुझिएको छ । निजी संस्थामा प्रमुख भएर काम गरेको व्यक्तिलाई सार्वजनिक संस्थान सुम्पिनु भनेको कानुनको धजी उडाउनु भएको मन्त्रालयबाटै कुरा उठन थालेको छ ।

हाम्राअर्थको समाचार प्रभाव: आयल निगमको एमडी बन्न इच्छुक १६ जनालाई नै अन्तर्वाताको लागि बोलाइयो (सूचनासहित)

आयल निगम एमडीका लागि योग्यतामा प्रश्न चिन्ह लागेका थानी शेखर कोइरालाका विश्वासपात्र हुन् भने समानान्तर निर्माण सेवाका अध्यक्ष अच्युतप्रसाद खरेलका परम हितैसी हुन् । नेपालको ‘क’ वर्गको निर्माण कम्पनीका अध्यक्ष खरेल र इन्जिनियरहरूको राजनीतिमा सक्रिय थानी मिल्ने साथी हुन् ।

खरेलको कै सिफारिसमा प्रम पत्नी आरजुले थानीलाई एमडी बनाउन लागेकी हुन् । निर्माण व्यवसायी खरेल आरजुका निकट व्यक्ति हुन् । थानीलाई निगमको एमडीमा नियुक्त गर्नका लागि आवश्यक चाजोपाँजो मिलाउने काम खरेलले लिएका छन् र उताबाट कोइरालाले पनि थानीलाई एमडी बनाउन महत्वपूर्ण भुमिका खेलिरहेका छन् ।

आरजु देउवाको ठाडो निर्देशनमा उमेशप्रसाद थानी, आयल निगमको एमडी बन्दै

इन्जिनियर थानीका सहकर्मीहरु भौतिक पूर्वाधार, सहरी विकासलगायत विकासे मन्त्रालयका उच्च पदमा आसिन छन् । कर्मचारी साथीहरुबाट प्राप्त सूचनाका आधारमा थानीले खरेललाई विभिन्न ठेक्का हात पार्न सहयोगी भूमिका निर्वाह गर्दै आइरहेका छन् । खरेल आफ्ना हितैषीलाई आयल निमगको एमडीमा नियुक्त गरेर थानीको गुण तिर्न चाहन्छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स