सुनसँगै उकालो लाग्यो डलरको मूल्य, साता मै डेढ रुपैयाँले बढ्यो

काठमाडौं। सुनसँगै अमेरिकी डलरको मूल्य पनि बढेको छ । एक सातामा अमेरिकी डलरको भाउ एक रुपैयाँ ४६ पैसाले महँगिएको छ । डलर महँगिँदा रेमिटेन्स पाउने परिवारलाई फाइदा पुग्छ भने आयात गर्ने सामानको भाउ बढ्छ । केही दिन अघिसम्म ९०\९२ हजारको हाराहारीमा रहेको सुनको भाउ आज बढेर ९५ हजार ५ सय पुगेको हो ।

एक दिनमा डलरको भाउ ३६ पैसाले बढेको छ भने दुई दिनमा ७१ पैसाले बढेको छ । सातामा डेढ रुपैयाँ भाउ बढ्दा डलर १२१.२८ रुपैयाँ पुग्ने छ ।

डलरको भाउ दुई महिनायताकै उच्चतम बिन्दुमा पुगेको हो । डिसेम्बर १४ मा डलर१२१ रुपैयाँ ५३ पैसा थियो । त्यसपछि घट्न थालेको डलर ११८ रुपैयाँ हाराहारी झरेको थियो ।

एक सातायता डलरको भाउ पुनः उक्लिन थालेको हो। डलरको अहिलेसम्मको सर्वाधिक उचाइ भने डलर १२३ रुपैयाँ २४ पैसा हो । २०७७ वैशाख १० गते यो उचाइमा पुगेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स