काठमाडौं । मंगलबार छापावाल सुनको १२ सय रूपैयाँले बढेको छ ।
सोमबार, छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज १२ सयले बढेर ९६ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार २ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १३ सय २० रूपैयाँ कायम भएको छ ।