बढ्यो दूध र दुग्धजन्य पदार्थको मूल्य, कसको कतिले बढ्यो ? (मूल्य सूची सहित)

काठमाडौं । डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसनले सबै प्रकारका दूध र दुग्धजन्य पदार्थको मूल्य वृद्धि गरेको छ ।

फागुन १ गतेबाट लागू हुनेगरि सबै प्रकारका दूध र दुग्धजन्य पदार्थको मूल्य वृद्धि गरिएको हो ।

जसअनुसार प्रशोधित दूधको मूल्य लिटरमा १० देखि २० रुपैयाँसम्म बढेको छ भने पनिर, घिउ, दहीको उपभोक्ता मूल्य किलोमा ५० देखि १०० रुपैयाँसम्मले वृद्धि भएको छ ।

त्यस्तै, घिउको मूल्य किलोमा १०० रुपैयाँले बढाएर प्रतिकिलो ११०० रुपैयाँ कायम गरिएको छ ।

स्ट्याण्डर्ड दूधको मूल्य लिटरमा ७६ बाट बढेर ८६ रुपैयाँ लिटर पुगेको छ । यस्तै गाईको दूधको मूल्य ९० रुपैयाँबाट बढेर १०४ रुपैयाँ पुर्‍याइएको छ भने खुल्ला प्याकेटको दूधको मूल्य लिटरमा २० रुपैयाँसम्मले वृद्धि गरिएको छ ।

गाई र भैंसीको भन्दै लिटरमा ९५ देखि एक सय रुपैयाँसम्ममा बिक्री हुने यस्तो दूधको मूल्य अहिले कम्तीमा ११५ देखि १२० रुपैयाँसम्म लिटरमा पुगेको संघले जनाएको छ ।

यस्तो छ मूल्य सूची :

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स