तोलामा १५ सयले बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य १५ सय रूपैयाँले बढेको छ ।

शुक्रबार, छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकोमा आज १५ सय रूपैयाँले बढेर ९५ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १३ सय रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स