दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढ्यो, कति पुग्यो प्रतिलिटर ?

काठमाडौं । दूग्ध विकास संस्थान (डीडीसी) ले दूधको उपभोक्ता मूल्य बढाएको छ । संस्थानको बुधबार बसेको बोर्डको बैठकले दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको हो ।

यसअघि प्रतिलिटर दूधको उपभोत्ता मुल्य ७६ रुपैयाँ रहेकोमा अहिले ९ रुपैयाँले बढेर ८५ रुपैयाँ पुगेको छ ।

अब बढेको ९ रुपैयाँमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा किसानले पाउने छन् भने प्रतिलिटर २ रुपैयाँ ४८ पैसा उद्योगीले पाउने सरकारले जनाएको छ ।

नयाँ उपभोक्ता मूल्य शुक्रबारदेखि लागू हुनेछ ।

बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संस्थानलाई दूधको मूल्य बढाउन अनुमति दिएको थियो । तीन इकाइ फ्याट र ८ इकाइ एसएनएफको आधारमा प्रशोधित दूधको मूल्य तोक्न मन्त्रालयले सहमति दिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स