डीडीसीको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

काठमाडौं । सरकारले दूग्ध विकास संस्थान (डीडीसी) का महाप्रबन्धकका लागि दरखास्त आह्वान गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।

डीडीसीका महाप्रबन्धक रुद्र पौडेलको कार्यकाल आगामी फागुन २५ गते सकिन लागेकोले दरखास्त आह्वान गरेको हो ।

इच्छुक व्यक्ति ३० वर्ष उमेर पुगेको र ६० वर्ष ननाघेको कुनै संस्था वा निकायमा व्यवस्थापकको हैसियतमा कम्तिमा १० वर्षको कार्यअनुभव भएका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् ।

दरखास्त दिने इच्छुकले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योेग्यताको प्रमाणपत्रको प्रतिलिपि, अनुभव खुल्ने कागजातको प्रतिलिपि, वैयक्तिक विवरण, एक प्रति पासपोर्ट साइजको फोटोका साथमा ३ हजार रूपैयाँ शुल्क लाग्नेछ ।

मन्त्रालयले २१ दिनको अवधि राख्दै मंगलबार दरखास्त आह्वान गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स