काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ ।
सोमबार, छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर ९३ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १२ सय ६० कायम भएको छ ।