जगदम्बा सिमेन्ट गुणस्तर अवार्डबाट चौथो पटक सम्मानित

काठमाडौं । दुई दशकदेखि गुणस्तर सिमेन्ट उतपादन गर्दे आएको जगदम्बा सिमेन्ट नेपाल गुणस्तर अवार्डबाट सम्मानित भएको छ । जगदम्बा सिमेन्ट यसअघि सन् २०१४, २०१५ र २०१९ मा नेपाल गुणस्तर अवार्डबाट सम्मानित भइसकेको छ । यस्तै रूपन्देही उद्योग संघबाट पनि २०७३ र २०७५ मा उत्कृष्ट उद्योगबाट सम्मानित भइसकेको छ ।

कम्पनीले ४३ र ५३ ग्रेड ओ.पी.सी, पी.पी.सी. र पी.एस.सी. सिमेन्ट उत्पादन र वितरण गर्दै आइरहेको छ । सन् २००१ मा स्थापना भएको यो कम्पनीले उच्च गुणस्तरको कच्चा पदार्थको प्रयोग गदैए आएको छ । क्लोज सर्किट मिल, आधुनिक उपकरण र विश्वस्तरीय भीआरएम प्रविधिबाट गुणस्तरमा निरन्तर सुधार गर्दै गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको छ,’ उद्योगबाट जारी प्रेस विज्ञप्तीमा भनिएको छ ।

जगदम्बा सिमेन्टले आफ्नो ओपीसी ब्रान्डमा ४३ ग्रेड र ५३ ग्रेडको सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्न गुणस्तरका सम्पूर्ण मापदण्ड पूरा गरी नेपाल गुणस्तर तथा नाप तौल विभागबाट एनएस व्राण्डमा ५७२ को प्रमाण पत्र प्राप्त गरिसकेको पनि जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स