जगदम्बाको ‘स्टिल सिट’ दक्षिण अफ्रिकासम्म पुग्यो

काठमाडौं । नेपालको सबैभन्दा ठूलो क्षमताको स्टिल उत्पादक कम्पनी जगदम्बा स्टिलले तेस्रो मुलुकमा उत्पादनको निर्यात गर्न थालेको छ । औद्योगिक घराना शंकर समूहअन्तर्गतको यस कम्पनीले नेपाली औद्योगिक इतिहासमै पहिलोपटक तेस्रो देशमा स्टिल उत्पादनको निर्यात थालेको दाबी गरेको छ ।

‘नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रुपमा स्थापित हुन पाउँदा हामी निकै गौरवान्वित छौं,’ उनले भने ‘यससँगै गुणस्तरको निरन्तरताका लागि प्रतिबद्धता जनाउँदै भविष्यमा अझ उत्कृष्ट उत्पादनहरू उपभोक्ता माझ पस्कँदै जान थप आत्मबल मिलेकोे विज्ञप्तिमा उल्लेख गरिएको छ ।’

कम्पनीका अनुसार जगदम्बा स्टिल उत्पादन गर्ने जस्ता पाता (कलर कोटेड कोइल्स तथा सिट) दक्षिणपूर्वी तथा मध्यपूर्वी एसियाली देशका साथै दक्षिण अफ्रिकामा निर्यात थालेको कम्पनीले जनाएको छ ।

यी क्षेत्रहरूमा जगदम्बा स्टिलले निर्यात गर्ने यस्तो सिटको माग विदेशमा समेत बढिरहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स