काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।
बिहीबार, छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर ९२ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १२ सय ५० कायम भएको छ ।