बढ्ने क्रममा सुन र चाँदीको मूल्य

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर ९२ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ४० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १२ सय ५५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स