नगद मार्जिनमा बैंकहरूले ब्याज दिनुपर्नेः शेखर गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आयातमा राख्नुपर्ने नगद मार्जिनमा बैंकहरूले ब्याजदर दिनुपर्ने माग राखेका छन् । आज शुक्रबार राष्ट्र बैंकले बैकर्स र व्यवसायीसँग गरेको छलफलमा महासंघ अध्यक्ष गोल्छाले नगद मार्जिनमा ब्याज दिनुपर्ने माग राखेका हुन् ।

गोल्छाले राष्ट्र बैंकले आयोजना गरेको बैठकमा चालु पूँजी कर्जाको व्यवस्थाले थप समस्या ल्याउने भन्दै पुरानै व्यवस्था कायम गर्न राष्ट्र बैंकलाई सुझाव दिए । यस्तै निर्माण व्यवसायीका पैसा सरकारले नदिएको कारण समेत बजारमा पैसा अभाव भएको भन्दै उनले बैंकहरूलाई लागत बढे अनुसार मात्र ब्याज बढाउन सुझाव दिए ।

लागत बढेपनि कर्जाको ब्याजदर बढ्नु स्वभाविक प्रक्रिया भएपनि प्रिमियम धेरै नबढाउन उनले सुझाए । कोभिडको कारण रोकिएको माग एकैपटक बढ्दा आयात बढेको गोल्छाले बताए । योसँगै रेमिट्यान्सको वृद्धिदर खासै देखिएन, जसले गर्दा गोल्छाले विश्व बजारमा उपभोग्य वस्तुको मूल्य बढेको तथा रेमिट्यान्स घटेकोले पनि थप समस्या र चुनौति थपिएको बताए । विदेशी सन्चितीमा चाप परेको उनले बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स