साहारा एपका ग्राहक तथा राइडरलाई ग्रिनसिटी अस्पतालमा विशेष छुट

काठमाडौं । साहारा एपका ग्राहक तथा राइडरले स्वास्थ्य उपचारमा ग्रिनसिटी अस्पतालमा विशेष छुट पाउने भएका छन् ।

विजनेश ग्रोथ कम्पनीद्धारा सञ्चालित साहारा एपका राइडर तथा ग्राहकले बसुन्धराको ग्रिनसिटी अस्पतालमा १५ प्रतिशतसम्म उपचारमा छुट पाउने भएका हुन् । अस्पतालले प्रदान गर्ने सेवाको प्रकार अनुसार उनीहरुले छुट पाउनेछन् ।

मंगलबार साहारा एपका अध्यक्ष शेखर श्रेष्ठ र ग्रिनसिटी अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले छुट सम्झौतामा हस्ताक्षर गरेका छन् । बुधबारबाट नै यो छुट सेवा लागु हुने बिडारीले बताए ।

कम्पनीका अनुसार साहारा एपमा दर्ता भएका ग्राहक तथा राइडरले उक्त एपमा भएको आफ्नो जानकारी अस्पतालमा दिएपछि छुट पाउने छन् ।

शुन्य कमिसनमा सेवा दिइरहेको साहारा एपले ग्राहक तथा राइडरको पहिलो रोजाईमा पर्ने गरेको छ । यस अघि कम्पनिले अजोड इन्सोरेन्ससँग इन्सुरेन्स सम्बन्धी सम्झौता गरिसकेको छ । ग्राहक तथा राइडरले ६ लाखसम्मको इन्स्योरेन्स सुविधा पाउने कम्पनीका सिइओ विशाल जिसीले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स