काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ ।
मंगलबार, छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढेर ९४ हजार ४ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।