लगातार बढेको सुन र चाँदीको आज यतिले घट्यो

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ ।

शुक्रबार, छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले घटेर ९३ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय २५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १३ सय १५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स