सुनको मूल्यमा भारी वृद्वि, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले बढेको छ ।

बुधबार, छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले बढेर ९३ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले बढेर १३ सय १५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स